COVID-19 अपडेटहरू र खोप सूचना

COVID-19 अपडेटहरू र खोप सूचना

COVID-19 अपडेटहरू र खोप सूचना

कोभिड-19 ले तपाईंको सेवामाथि कसरी प्रभाव पार्दछ भन्नेसम्बन्धी ताजा जानकारी।

COVID-19 खोपबारे जानकारीपूर्ण विकल्प रोज्नुहोस्।

ओहायोहेल्थ-ले खोप लगाउने सिफारिस किन गर्दछ

  • खोपले तपाईंलाई भाइरसबाट सुरक्षित राख्दछ। फेडरल ड्रग एडमिनिस्ट्रेशनले ऊच्च प्रभावकारी COVID-19 खोपहरूलाई मात्रै मन्जुरी प्रदान गर्दछ। खोप लगाउनाले तपाईंलाई संक्रमण लाग्ने सम्भावना कम्ती हुन्छ, र विशेषज्ञहरूले विश्वास व्यक्त गरेअनुसार यदि तपाईं बिमार हुनुभयो भने खोपले गम्भीर लक्षणहरू हुनबाट रोक्दछ।
  • खोप रोग-प्रतिरोधकता हासिल गर्ने सुरक्षित तरिका हो। COVID-19 संक्रमणले तपाईंलाई कसरी असर गर्छ भनेर कसैले भन्न सक्दैन, तर यसले गम्भीर, प्राणघातक लक्षणहरू उत्पन्न गर्दछ भनी हामीलाई थाहा छ। खोपले तपाईंलाई बिरामी पार्ने जोखिमविना शरीरमा भाइरसविरुद्ध लड्ने एन्टिबोडिज उत्पादन गर्नमा मद्दत गर्दछ।
  • खोपले महामारी समाप्त गर्नमा मद्दत गर्न सक्दछ। मास्क पहिरिनु, सामाजिक दूरी राख्नु, र आफ्ना हातहरू धुनाले तपाईंलाई COVID-19 संक्रमण हुने सम्भावना कम्ती हुन्छ, तर तपाईंलाई संक्रमण लागिहाल्यो भने खोपले तपाईंको रोग-प्रतिरोधक प्रणालीलाई भाइरसविरुद्ध लडाइँ गर्न तयार पार्दछ। विशेषज्ञहरूअनुसार खोप लगाउनुका साथै सुरक्षित व्यवहार पालना गर्नु COVID-19 लाई पराजित गर्ने सर्वोत्तम तरिका हो।

तपाईं तयार भएपछि खोप लगाउने समय कसरी मिलाउने

विकल्प 1: ओहायोहेल्थ MyChart

ओहायोहेल्थ MyChart एकाउन्ट भएका रोगीहरूले MyChart.OhioHealth.com-मा अनलाइन वा ओहायोहेल्थ एपको माध्यमले कोभिड-19 खोप लगाउनका लागि पहिलो खुराक मिलाउन सक्छन्।

विकल्प 2: रिटेल क्लिनिक र सामुदायिक स्थलहरू

ओहायोभर खोप प्रदान गर्ने स्थलहरूको सूचीका लागि Vaccine.Coronavirus.Ohio.gov हेर्नुहोस्। यदि तपाईंको समुदायमा अन्य कुनै स्थलमा खोप प्राप्त गर्ने अवसर तपाईंलाई उपलब्ध छ भने हामी तपाईंलाई त्यसको फाइदा लिन प्रोत्साहित गर्दछौँ।

ओहायोहेल्थमा हामीलाई प्राप्त हुने खुराकको संख्याको हिसाबले अप्वाइन्टमेन्ट दिइन्छ। तपाईंले खोप लगाउन समय माग्नुभएको बेलामा अप्वाइन्टमेन्ट पाउनुहुन्न भने, पछि फेरि प्रयास गर्नुहोस। हामीले थप खोपहरू पाउने बित्तिकै नयाँ अप्वाइन्टमेन्टहरू खोल्न जारी राख्नेछौँ। ओहायोहेल्थ फिजिसिएन कार्यालयले तपाईंलाई खोप लगाउने समयको निर्धारण गर्न सक्दैन, तसर्थ कृपया आफ्ना प्रदाताहरूलाई अप्वाइन्टमेन्ट अनुरोधका लागि कल नगर्नुहोस् वा सन्देश नपठाउनुहोस्।

भिड-19 खोप र परीक्षण स्थलहर

तपाईंको कोभिड-19 खोप अपोइन्टमेन्टका लागि तयारी गर्नुहोस्

खोप लगाउन जानुभन्दा पहिले जान्नु पर्ने

तपाईं आफ्नो अपोइन्टमेन्टका लागि आइपुग्नुभन्दा पहिले यी नीति एवम् सुझावहरूको समीक्षा गरेर ओहायोहेल्थ कोभिड-19 खोप अपोइन्टमेन्ट प्रक्रियाको सहज सञ्चालन गर्न हामीलाई मद्दत गर्न सक्नुहुन्छ। तपाईंको पहिलो वा दोस्रो अपोइन्टमेन्टको दौरान वा पश्चात तपाईं के अपेक्षा गर्न सक्नुहुन्छ भन्ने बारेमा पनि हामी बताउनेछौँ।

तपाईंको खोप अपोइन्टमेन्टको दिनमा

तपाईंसँग को आउन सक्दछ

18 वर्ष र यसभन्दा बढी उमेरकाले अपोइन्टमेन्टका दिन आफूसँग चिकित्साको दृष्टिले आवश्यक भएको खण्डमा एकजना स्याहारकर्ताबाहेक भिजिटर वा बच्चाहरू लिएर आउनु हुँदैन। 16  वा 17 वर्ष उमेरका खोप लगाउने व्यक्तिका साथ सबै अपोइन्टमेन्टमा आमाबुवा वा अभिभावक आउनु जरुरी छ।

फेस मास्क र आधा बाहुलोको कमिज लगाउनुहोस्

तपाईं आइपुग्नुहुँदा हामीले तपाईंलाई कीटाणुमुक्त सर्जिकल मास्क दिनेछौँ। तपाईंको फेस मास्कले तपाईंको नाक, मुख र च्यापु हरेक समय छोपिएको हुनु पर्दछ। आधा बाहुलोको वा खुकुलो टप वस्त्रले तपाईंको पाखुरामा पहुँच सजिलो हुन्छ।

आफ्नो आइडि र खोप रेकर्ड कार्ड साथमा ल्याउनुहोला

आफ्नो नाम र उमेर सामेल भएको आइडि ल्याउनु जरुरी छ। हामीले म्याद सकिएको वा अन्य राज्य वा मुलुकका आइडिहरू स्वीकार गर्नेछौँ। यदि तपाईं खोपको दोस्रो खुराक लगाउँदै हुनुहुन्छ भने आफ्नो कोभिड-19 खोप रेकर्ड कार्ड साथमा लिएर आउनुहोस्।

समयमा आइपुग्नुहोस्

अन्य निर्धारित अपोइन्टमेन्टमा व्यवधान नहोस् भन्नाखातिर कृपया अबेर वा 10 मिनेटभन्दा पहिले नआउनुहोस्। खोप लगाउने समग्र प्रक्रियामा 30-45 मिनेटको समय लाग्नेछ।

सुरक्षित सामाजिक दूरी कायम गर्नुहोस्

तपाईंको अपोइन्टमेन्टको दौरान हामी तपाईंलाई अन्य बिरामीहरू र हाम्रो सहयोगीहरूविच कम्तीमा 6 फीटको दूरी राख्न भन्दछौँ।

तपाईंको पहिलो खुराकमा (फाइजर, मोडेर्ना, र जोनसन एन्ड जोनसन) के अपेक्षा गर्न सक्नुहुन्छ

चरण 1: तपाईं आइपुग्दा आफ्नो अपोइन्टमेन्टका लागि प्रविष्टि गराउनुहोस्। हाम्रो एकजना सहयोगीले तपाईंलाई केही प्रश्नहरू सोध्नेछन् र तपाईंलाई खोप रेकर्ड कार्ड प्रदान गर्नेछन्। तपाईंको कार्डमा तपाईंको नाम, जन्म मिति, मिति, स्थान र तपाईंलाई दिइने खोपको प्रकार (फाइजर, मोडेर्ना, वा जोनसन एन्ड जोनसन) सामेल हुनेछन्।

चरण 2: तपाईंको पालो नआउँदासम्म पर्खनका लागि भनिने छ। हाम्रा एकजना क्लिनिकल सहयोगी तपाईंलाई खोप लगाउन तयार भएपछि तपाईंको नम्बर पुकारिने छ।

चरण 3: तपाईंको नम्बर पुकारिएपछि, तपाईंले क्लिनिकल सहयोगीलाई आफ्नो खोप रेकर्ड कार्ड दिनु पर्नेछ। उनीहरूले तपाईंलाई केही प्रश्न सोध्नेछन्। तपाईंको जवाफको आधारमा तपाईंलाई खोप लगाइएपछि 15 देखि 30 मिनेट निगरानीमा बस्नका लागि भनिने छ। तपाईंलाई खोप लगाउन केही क्षणमात्रै लाग्नेछ, र कुन पाखुरामा लगाउने भनी तपाईं रोज्न सक्नुहुन्छ।

चरण 4: निगरानीमा प्रतीक्षा गर्नु प्रक्रियाको एक अत्यन्तै महत्त्वपूर्ण हिस्सा हो। ड्राइभ गर्न असुरक्षित नहोस् भनी तपाईंलाई कुनै प्रतिकूल प्रभाव नभएको हामी सुनिश्चित गर्न चाहन्छौ।

चरण 5: यदि तपाईंले जोनसन एन्ड जोनसनको एकल-खुराक खोप लगाउनु भयो भने, काम सकियो! अधिकतम रोग-प्रतिरक्षण हासिल गर्नमा केही साता लाग्न सक्दछ। यदि तपाईंले फाइजर वा मोडेर्ना खोप लगाउनुभएको छ भने तपाईंको दोस्रो खुराकको लागि हामीले तपाईं त्यहाँबाट निस्कनुअघि अपोइन्टमेन्ट निर्धारण गर्नेछौँ। तपाईंले कुन प्रकारको खोप लगाउनुभएको छ भन्ने आधारमा पहिलो खुराक लगाएको 21-28 दिनमा दोस्रो खुराकको अपोइन्टमेन्ट दिइने छ। कोभिड-19 खोपको पहिलो खुराकले कत्तिको सुरक्षा प्रदान गर्दछ भन्ने जानकारी नभएको हुँदा तपाईंको दोस्रो खुराकको अपोइन्टमेन्ट जतिसक्दो सिफारिस गरिएको अन्तरालको नजिक राख्नु महत्त्वपूर्ण छ। तपाईंको दोस्रो खुराकले कोभिड-19 विरुद्ध तपाईंको प्रतिरक्षण प्रणालीलाई मजबुत पार्ने छ, र अधिकतम प्रतिरक्षण हासिल गर्नका लागि जरुरी छ।

तपाईंको दोस्रो खुराक (फाइजर र मोडेर्नाका लागि मात्रै) के अपेक्षा गर्न सक्नुहुन्छ

तपाईं आइपुग्दा आफ्नो अपोइन्टमेन्टका लागि प्रविष्टि गराउनुहोस्। हाम्रा एकजना सहयोगीले तपाईंको खोप रेकर्ड कार्ड वा त्यसको फोटोकपि माग्नेछन्। यदि तपाईंले कार्ड गुमाउनुभयो वा फोटोकपि छैन भने, हामीले तपाईंको रेकर्ड हाम्रो सिस्टममा खोज्नेछौँ।  तपाईंको प्रविष्टि भएपछि, तपाईंको दोस्रो खुराकको अपोइन्टमेन्ट पहिलो खुराकको अपोइन्टमेन्टमा सरह नै अगाडि बढ्ने छ।

तपाईंलाई पहिलो खुराक लाग्दा भएका भन्दा बढी दुष्प्रभावको अनुभव दोस्रो खुराक लागेपछि हुन सक्दछ, तर सबैलाई यस्तो हुँदैन। हल्का दुष्प्रभावहरू तपाईंको प्रतिरक्षण प्रणालीले भाइरसविरुद्ध आफ्नो प्रतिक्रिया मजबुत पार्दैछ भन्ने सामान्य लक्षण हुन्। सामान्यतया एक वा दुई दिनमा यो आफै निको हुनेछ। तपाईंको अपोइन्टमेन्टभन्दा पूर्व पर्याप्त पानी पिउनु, राति राम्रोसँग निदाउनु र सन्तुलित भोजन गर्नुले सम्भावित दुष्प्रभावहरू कम्ती गर्नमा मद्दत गर्न सक्दछन्।

अधिकतम रोग-प्रतिरक्षण हासिल गर्न तपाईंले दोस्रो खुराक लगाएपछि दुई साताको समय लाग्दछ। खोप लगाउनाले गम्भीर संक्रमणलाई रोक्दछ, तर यसले 100% प्रतिरक्षण प्रदान गर्दैन। तपाईंले आफ्नो मुख र नाकलाई मास्कले छोपेर, आफ्ना हातहरू धोएर, र अरूहरूबाट कम्तीमा 6 फीटको दूरी जारी राखेर खोप लगाउन आफ्नो पालो पर्खिरहेकाहरूलाई सुरक्षित गर्नमा मद्दत गर्न सक्नुहुनछ।

यदि तपाईंले राम्रो महसुस गर्नुहुन्न भने फेरि अपोइन्टमेन्ट लिनुहोस्

तपाईंको अपोइन्टमेन्टको दिनसम्म तपाईं कस्तो महसुस गर्दै हुनुहुन्छ भनी निगरानी राख्नुहोस्। आफ्नो अप्वाइन्टमेन्ट पुनर्निर्धारित गर्नुहोस् यदि तपाइँ:

  • तपाईंलाई खोप लगाइएको दिनमा बिरामी महसुस गर्दै हुनुहुन्छ।
  • कोभिड-19 भएको छ वा कोभिड-19 को संसर्गमा हुनुहुन्थ्यो र क्वारेन्टाइनमा हुनुहुन्छ।
  • तपाईंको अप्वाइन्टमेन्टभन्दा अघि दुई साताभित्र राज्यबाहिर जानुभएको थियो।
  • कोभिड-19 को उपचारका लागि विगत 90 दिनहरूमा मोनोक्लोनल एन्टिबडिज वा कन्भाल्सेन्ट प्लाज्मा लिनुभएको थियो।
  • विगत दुईसातामा अर्को कुनै खोप लिनुभएको थियो।

कोभिड-19 खोपका सम्भावित दुष्परिणामहरू

खोपहरू लगाउँदा हल्का दुष्प्रभावहरू सामान्य हुन्छन्। यो तपाईंको रोग-प्रतिरक्षण प्रणालीले भाइरसविरुद्ध आफ्नो प्रतिक्रियालाई मजबुत बनाइरहेको छ भन्ने सङ्केत हो। तपाईंलाई पहिलो र दोस्रो खुराक लगाइएपछि हामीले 15-30 मिनेटसम्म तपाईंलाई निगरानीमा राख्नेछौँ, तर तपाईं फर्केपछि पनि दुष्परिणामहरूप्रति सचेत रहन जारी राख्नु महत्त्वपूर्ण छ।

तपाईंलाई महसुस हुन सक्दछः

  • थकावट
  • हल्का शारीरिक दुखाइ वा जोर्नी दुखाइ
  • ठन्डी लाग्नु
  • न्युन स्तरको ज्वरो
  • सिर दुखाइ
  • वाकवाकती लाग्नु
  • मासपेशीमा हल्का दुखाइ, पाखुरामा खोप लगाइएको ठाउँमा रातोपन वा सुन्निनु
  • सुन्निएको लिम्फ नोड्स*

खोपको दोस्रो खुराक लगाएपछि दुष्परिणामहरू बढी सामान्य रूपमा देखिन्छन्, तर सामान्यतया एक वा दुई दिनभित्र हराउँछन्। तपाईंको अपोइन्टमेन्टभन्दा पूर्व पर्याप्त पानी पिउनु, राति राम्रोसँग निदाउनु र सन्तुलित भोजन गर्नुले सम्भावित दुष्प्रभावहरू कम्ती गर्नमा मद्दत गर्न सक्दछन्। तपाईंको जुन पाखुरामा खोप लागेको छ त्यसको व्यायाम गरेर पनि असहजता दूर गर्नमा मद्दत पाउन सकिन्छ। 

यदि तपाईंलाई दुष्परिणामहरू हुन्छन् भने आफ्ना प्राथमिक स्वास्थ्य सेवा प्रदातालाई कल गर्नुहोस् वा तत्काल सेवा माग्नुहोस्। तपाईंका स्वास्थ्य प्रदाताले एसेटामिनोफेन वा इबुप्रोफेन औषधी खाने सिफारिस पनि गर्न सक्छ। यदि तपाईंका लक्षण गम्भीर हुन्छन् भने आपतकालीन विभागमा जानुहोस् वा 911 मा कल गर्नुहोस्।

काखीमुनि *सुन्निएको लिम्फ नोड्स कोभिड-19 खोपको ज्ञात दुष्परिणाम हुन् जसको स्तन जाँचको दौरान स्तन क्यान्सरको रूपमा गलत पहिचान हुन सक्दछ।  तपाईंको खोपको पहिलो खुराक लाग्नुभन्दा पहिले वा अन्तिम खोप लागेको 6  सातापछि आफ्नो म्याम्मोग्राम जाँचको अपोइन्टमेन्ट मिलाउनुहोस्। प्रारम्भमा नै क्यान्सरको पत्ता लगाउने सर्वोत्तम तरिकाहरू मध्ये एक स्तन जाँच हो, तसर्थ यदि स्तनमा नयाँ गाँठो वा स्तनबाट स्राव निस्कन्छ, त्वचामा परिवर्तन हुन्छ वा पल्पेबल अडेनोप्याथी (असामान्य ठूलो लिम्फ नोड्स) जस्ता लक्षण देखा पर्दछन् भने जाँच गराउनमा अबेर नगर्नुहोस्।

v-safe सित जोडिनुहोस्

तपाईंले आफ्नो अपोइन्टमेन्टको दौरान v-safe बारे जानकारी प्राप्त गरेको हुनु पर्दछ। V-safe एक निःशुल्क ऐप्प हो जसले तपाईंलाई यदि दुष्परिणाम हुन्छन् भने सेन्टर्स फर डिसिज कन्ट्रोल एन्ड प्रिभेन्शनलाई सूचित गर्ने अनुमति दिन्छ। यसले तपाईंलाई दोस्रो खुराकको लागि सम्झौटो पनि पठाउन सक्दछ!

कोभिड-19 खोप प्रायः सोधिने प्रश्नहरू

खोपबारे प्रमुख प्रश्नहरूका उत्तर हामी विश्वास गर्दछौँ कि कोभिड-19 ले कोरोनाभाइरस विश्वव्यापी महामारीको अन्त्य गर्न हामीलाई ठूलो अवसर प्रदान गर्दछ। हाम्रा चिकित्सकहरूले जोडदार सिफारिस गरेअनुसार खोप लगाउनका लागि योग्य व्यक्तिहरूले, उनीहरूका स्वास्थ्य प्रदाताद्वारा नलगाउने सिफारिस गरिएको छैन भने, लगाउनु पर्दछ। हामीलाई आशा छ, यी प्रायः सोधिने प्रश्नहरूका उत्तरले तपाईंलाई सुसूचित निर्णय गर्नमा मद्दत गर्नेछन्।

अहिले कसलाई खोप लगाइँदैछ?

ओहायोहेल्थले 16 वर्ष र बढी आयुका व्यक्तिहरूलाई खोप लगाउने अपोइन्टमेन्ट दिँदैछ।

आपूर्तिमा कमीका कारण खोप लगाउन चाहने सबैका लागि वसन्त वा प्रारम्भिक गर्मी यामसम्म यो उपलब्ध नहुन सक्दछ। आपूर्तिमा कमीका कारण खोप लगाउन चाहने सबैका लागि वसन्त वा प्रारम्भिक गर्मी यामसम्म यो उपलब्ध नहुन सक्दछ।

मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने अनि हात धुने जस्ता सुरक्षित व्यवहार जारी राख्नुहोस्।

16 वर्ष वा बढी उमेरका ओहायोहेल्थ MyChart खाता हुनेहरूले अनलाइन अपोइन्टमेन्ट लिन सक्दछन्। 

अधिकतम रोग-प्रतिरक्षणका लागि mRNA खोपहरूका (फाइजर-बायोएनटेक र मोडेर्ना) दुई खुराक 21-28 दिनको अन्तरालमा लगाउनु जरुरी छ। पहिलो खुराक लगाएपछि फर्कनुअघि त्यहीँ सामुन्ने नै दोस्रो खुराकका लागि अपोइन्टमेन्ट दिइन्छ। तपाईंले आफ्नो दोस्रो खुराक लगाउन अपोइन्टमेन्ट, सिफारिस गरिएको अन्तरालमा जतिसक्दो नजिक राख्न सिफारिस गरिन्छ। अधिकतम रोग-प्रतिरक्षण हासिल गर्न तपाईंले दोस्रो खुराक लगाएपछि दुई साताको समय लाग्दछ। तपाईंले ओहायोहेल्थमा नै पहिलो खुराक नलगाएको भए, ओहायोहेल्थले दोस्रो खुराकका लागि अपोन्टमेन्टहरू दिइरहेको छैन।

जोनसन एन्ड जोनसन खोप भाइरल भेक्टर खोप हो जसको एउटा खुराकमात्रै चाहिन्छ।

ओहायोहेल्थले आफूलाई प्राप्त हुने खोपहरूको प्रकार र मात्रा रोज्न सक्दैन।

खोप लगाउनका लागि म कहाँ जान सक्दछु?

कोभिड-19 खोपका लागि अपोइन्टमेन्टहरू निर्दिष्ट ओहायोहेल्थ खोप क्लिनिकहरूमा मात्रै उपलब्ध छन्। हाम्रा अस्पताल, आपातकालीन विभाग, तत्काल सेवा स्थलहरू, र प्रायःजस्ता चिकित्सक कार्यालयहरूले सर्वसाधारणलाई कोभिड-19 खोपहरू लगाइरहेका छैनन्। तपाईंले आफ्नो अपोइन्टमेन्ट मिलाउँदा, आफ्नो रोजाइको स्थान रोज्नुहुनेछ र कहाँ जाने भन्ने विवरणहरू प्राप्त गर्नुहुनेछ। 

तपाईंले ओहायोभर रिटेल क्लिनिकहरू र अन्य प्रदाताहरूकहाँ पनि खोप लगाउन सक्नुहुन्छ। कोभिड-19 खोप लगाउने रिटेल केन्द्रहरू तथा प्रदाताहरूको सूची हेर्नका लागि ओहायो डिपार्टमेन्ट अफ हेल्थ वेबसाइटमा जानुहोस्।

ओहायोहेल्थमा हरेक साता खोप लगाउन कति अपोइन्टमेन्ट दिइन्छ?

ओहायोहेल्थमा हामीलाई हरेक खेपमा प्राप्त हुन अपेक्षित खुराकको संख्याको हिसाबले अपोइन्टमेन्टको संख्या निर्धारित गरिन्छ। तपाईंले खोप लगाउन समय माग्नुभएको बेलामा अप्वाइन्टमेन्ट पाउनुहुन्न भने, पछि फेरि प्रयास गर्नुहोस। अहिले, हामीले प्रतीक्षा सूची राखेका छैनौँ।

तपाईंले आफ्नो कोभिड-19 खोप ओहायोभरका रिटेल क्लिनकहरू र अन्य प्रदाताहरूकहाँ गएर पनि लगाउन सक्नुहुन्छ। कोभिड-19 खोप लगाउने रिटेल केन्द्रहरू र प्रदाताहरूको सूचीका लागि ओहायो डिपार्टमेन्ट अफ हेल्थ वेबसाइट हेर्नुहोस्। 

के मैले मेरा प्रियजनले लगाएकै समयमा आफ्नो खोप लगाउन सक्छु?

यदि तपाईंले आफ्ना प्रियजनले लगाएकै दिनमा आफ्नो खोप लगाउन चाहनुहुन्छ भने तपाईं योग्य हुने बेलासम्म तथा एकपछि अर्को अपोइन्टमेन्ट उपलब्ध नहुँदासम्म पर्खनु पर्ने हुन सक्दछ। पहिलो र दोस्रो खुराकका लागि अपोन्टमेन्टहरू वैयक्तिक रूपले दिइन्छ। जोडीमा वा समूहमा अपोइन्टमेन्ट उपलब्ध छैन।

मैले मेरो खोपको पहिलो खुराक अर्कै केन्द्रमा लगाएको थिएँ। के मैले आफ्नो दोस्रो खुराक ओहायोहेल्थमा लगाउन सक्छु?

वर्तमानमा, यदि तपाईंले आफ्नो पहिलो खुराक ओहायोहेल्थमा लगाउनु भएको होइन भने खोपको दोस्रो खुराकका लागि हामीले अपोइन्टमेन्ट दिइरहेका छैनौँ।

यदि तपाईंले जोनसन एन्ड जोनसनको एकल-खुराक खोप लगाउनुभएको हो भने तपाईंलाई दोस्रो खुराकको आवश्यकता पर्दैन।

कुन खोपहरूलाई मन्जुरी प्रदान गरिएको छ?

तीन कोभिड-19 खोपहरूलाई फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (FDA) ले आपातकालीन प्रयोग मन्जुरी प्रदान गरेको छ। फाइजर-बायोएनटेक र मोडेर्नाद्वारा निर्मित खोपहरू डिसेम्बर 2020 मा ओहायोमा आइपुग्न थालेका हुन्।  जोनसन एन्ड जोनसन खोपलाई एफडिए (FDA) ले फेब्रुअरी 2021 मा मन्जुरी प्रदान गरेको थियो।

के कुनै कोभिड-19 खोप अर्कोभन्दा राम्रो छ?

कोभिड-19 का FDA-मन्जुरीप्राप्त सबै खोपहरू सुरक्षित हुन्छन् र खोप लगाउने सबैजनालाई उल्लेख्य मात्रामा रोग-प्रतिरक्षण प्रदान गर्दछन्, तसर्थ सर्वोत्तम कोभिड-19 खोप त्यही हो जो तपाईंलाई उपलब्ध छ।

कोभिड-19 का FDA-मन्जुरीप्राप्त सबै खोपहरूको परीक्षणले अस्पतालमा भर्ती हुनबाट वा क्लिनिकल परीक्षणमा मृत्यु रोक्नमा, 100% प्रभावशीलता, तथा गम्भीर कोभिड-19 संक्रमण रोक्नमा उल्लेख्य प्रभावशीलता प्रदर्शित गरेको छ। विभिन्न निर्माताद्वारा उत्पादित खोपका विभिन्न प्रकारहरूविच रोज्नमा कुनै फाइदा छैन, र यदि तपाईंलाई खोप उपलब्ध भइरहेको छ भने खोप लगाउन अबेर गर्ने सिफारिस गरिँदैन। कोभिड-19 खोपको विकास एवम् मन्जुरी प्रक्रियाबारे थप जानकारी ओहायोहेल्थ ब्लगबाट प्राप्त गर्नुहोस्।

के वाल्क-इन अपोइन्टमेन्टहरू उपलब्ध छन्?

वाल्क-इन अपोइन्टमेन्टहरू ओहायोहेल्थ अस्पताल, आपातकालीन विभाग, चिकित्सक कार्यालय वा तत्काल सेवा केन्द्रहरूमा उपलब्ध छैनन्।

के खोपको लागि मूल्य चुकाउनु पर्नेछ?

ओहायोहेल्थले हाम्रो समुदायलाई कोभिड-19 खोप निःशुल्क उपलब्ध गराइरहेको छ। तर, तपाईंसँग बिमा छ भने ओहायोहेल्थले तपाईंलाई खोप लगाइएको लागतको बिल तपाईंको बिमा प्रदातालाई चुक्ता गर्न भन्नेछ। हामीले तपाईंलाई कुनै बक्यौता, चुक्ता गर्नुपर्ने, सह-भुक्तानी वा सह-बिमाको लागि बिल दिने छैनौँ। प्रश्नहरूका लागि ओहायोहेल्थ प्राइसलाइनलाई (614) 566.8707 वा (टोल फ्री) (844) 393.1035 मा कल गर्नुहोस्।

यदि तपाईंसँग बिमा छैन भने खोपको लागि तपाईंलाई शुल्क लगाइने छैन। ओहायोहेल्थले बिमा नभएका व्यक्तिहरूका लागि केयर्स एक्ट (CARES Act) मार्फत सरकारबाट प्रतिपूर्ति निम्ति आवेदन बुझाउने छ।

खोप लगाउनु

मैले कोभिड-19 खोप किन लगाउनु पर्छ?

FDA द्वारा मन्जुरीप्राप्त कुनैपनि खोपले कोभिड-19 विरुद्ध केही सीमासम्म प्रतिरक्षण प्रदान गर्दछ। दादुरा, गल्फुलो र रुबेला (MMR) वा ठेउलाका खोपहरूले सरह कोभिड-19 खोपले पूर्ण रोग-प्रतिरक्षण प्रदान गर्ने अपेक्षा गरिएको छैन। यसले झण्डै फ्लू शटले जसरी काम गर्नेछ, जसले अपूर्ण वा आंशिक रोग-प्रतिरक्षण प्रदान गर्दछ। यस्तो स्थितमा, खोप लगाइएको व्यक्तिलाई फेरि पनि कोभिड-19 संक्रमण हुन सक्दछ, तर लक्षणहरू कम्ती गम्भीर हुनेछन्।

खोपले कसरी काम गर्दछ?

खोपले तपाईंको रोग-प्रतिरक्षण प्रणालीमा भाइरसविरुद्ध लडाइँ गर्न एन्टिबोडिजहरू सक्रिय पारेर रोग-प्रतिरक्षण प्रदान गर्दछ, परिणामस्वरूप तपाईंलाई संक्रमण भयो भने तपाईं बिरामी पर्नुअघि नै तपाईंको शरीरले भाइरसको मुकाबिला गर्न सक्दछ। खोपले पूर्ण रोग-प्रतिरक्षण प्रदान गर्ने अपेक्षा गरिएको छैन तापनि यो कोभिड-19 संक्रमणबाट बचाव वा कोभिड-19 संक्रमण लागिहालेको खण्डमा लक्षणहरू न्यूनीकरण गर्नमा सबैभन्दा प्रभावकारी उपाय हो।

हर्ड इम्युनिटी वा कम्युनिटी इम्युनिटी भनेको के हो? यो किन महत्त्वपूर्ण छ?

कोभिड-19 विरुद्ध लडाइँ गर्न हामीले हर्ड इम्युनिटी स्थापित गर्नु जरुरी छ। हर्ड इम्युनिटीलाई कम्युनिटी इम्युनिटी पनि भनिन्छ, र जनसंख्याको पर्याप्त संख्या संक्रामक रोगहरूबाट प्रतिरक्षित हुन्छ भने संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना हुँदैन। यदि खोपमार्फत पर्याप्त संख्यामा मानिसहरू प्रतिरक्षित हुन्छन् भने हामीले संक्रमणको प्रसार रोक्न र हर्ड इम्युनिटी विकसित गर्न सक्दछौँ।  खोप नलगाएका व्यक्तिहरूलाई पनि केही सुरक्षा प्राप्त हुन्छ किनभने रोगले समुदायभित्र फैलिने अवसर कम्ती पाउँछ।

कोभिड-19 विरुद्ध हर्ड इम्युनिटी प्राप्त गर्न कति प्रतिशत जनसंख्यालाई खोप लगाइनु जरुरी हुन्छ?

कोभिड-19 विरुद्ध हर्ड इम्युनिटी हासिल गर्न कति प्रतिशत जनसंख्यालाई खोप लगाइनु जरुरी छ भनी विशेषज्ञहरूलाई अझपनि थाहा छैन। हर्ड इम्युनिटी हासिल गर्नका लागि कति प्रतिशत जनसंख्या सुरक्षित हुनु पर्दछ भन्ने विषय रोगको हिसाबले भिन्न हुन्छ।

कसैले कोभिड-19 खोप लगाउनु हुँदैन भन्ने कुनै कारण छन्?

16 वर्ष उमेरमुनिकाहरूले कोभिड-19 खोप लगाउनु हुँदैन किनभने बच्चाहरूका लागि यथोचित प्रयोग निर्धारित गर्नका लागि अध्ययन अझपनि भइनै रहेको छ।

अनाफिलेक्सिस (anaphylaxis) जस्तो गम्भीर एलर्जी हुने व्यक्तिहरूले कोभिड-19 खोप लगाउनुअघि आफ्ना डक्टरसँग सल्लाह गर्नु पर्दछ।

कोभिड-19 को उपचारको क्रममा मोनोक्लोनल एन्टिबोडी इन्फ्युजन प्राप्त गरेका बिरामीहरूले कोभिड-19 खोप लगाउनुभन्दा पहिले 90 दिन प्रतीक्षा गर्नु पर्दछ।

घाँटी दुख्ने वा रूघा जस्ता अल्पकालिक बिमारी भएका मानिसहरूले सञ्चो नहुञ्जेल खोपको लागि पर्खनु पर्दछ।

कोभिड-19 खोप सुरक्षित छ भनेर मैले कसरी जान्नु?

यु.एस. खोप सुरक्षा प्रणालीले सबै खोप यथासम्भव सुरक्षित छन् भनी सुनिश्चित गर्दछ। हजारौं शोध सहभागीहरूमा खोपहरूको प्रभावशीलताको अध्ययन निम्ति क्लिनिकल परीक्षणहरूको प्रयोग गरिन्छ। परीक्षणहरूबाट प्राप्त तथ्याङ्क यु.एस. फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (FDA) लाई खोप सुरक्षा तथा प्रभावशीलता निर्धारण निम्ति उपलब्ध गराइन्छ। यदि खोप उम्मेदवारले कठोर सुरक्षा एवम् प्रभावशीलता शर्तहरू पूरा गर्दछ भनी FDA ले निर्धारण गर्दछ भने यसले आफ्नो मन्जुरी वा आपातकालीन प्रयोगनिम्ति मन्जुरीमार्फत खोप लगाउनका लागि उपलब्ध गराउन सक्दछ। FDA ले निर्धारण गरेपछि एडभाइजरी कमिटी अन इम्युनाइजेशन प्र्याक्टिसेस (ACIP) ले सिडिसि (CDC) लाई खोपसम्बन्धी अन्तिम सिफारिसहरू गर्नुभन्दा पूर्व उपलब्ध तथ्याङ्कहरूको समीक्षा गर्दछ। कोभिड-19 खोप विकासको प्रक्रियामा अन्य खोपहरूको विकासमा प्रयुक्त भएका पाइलोहरूसित तुलना गर्न सकिने कैयौँ पाइलाहरू सामेल थिए, र खोप विकास प्रक्रियामा कुनै शर्टकट वा हतार गरिएको छैन।

मलाई खोप लागेपछि के मैले मास्क लगाउन र सामाजिक दूरीको पालना बन्द गर्दा हुन्छ?

आपातकालीन प्रयोगनिम्ति मन्जुरीप्राप्त सबै खोपहरूले अस्पतालमा भर्ती हुनु पर्ने र मृत्युको जोखिमलाई रोक्दछन्। तसर्थ खोप लगाउनु कोभिड-19 बाट आफैलाई सुरक्षित राख्न तपाईंले गर्न सक्ने सर्वोत्तम उपाय हो। कम्युनिटी इम्युनिटी अर्थात सामुहिक प्रतिरक्षण हासिल गर्नमा समय लाग्नेछ। क्म्युनिटी इम्युनिटीमार्फत भाइरसको संक्रमणलाई सीमित गर्न कति प्रतिशत जनसंख्यालाई खोप लगाइनु जरुरी छ भनी थाहा छैन। 

तपाईंले आफ्नो मुख र नाकलाई मास्कले छोपेर, आफ्ना हातहरू बारम्बार धोएर, तथा अरूहरूबाट कम्तीमा 6 फीटको दुरी कायम गरेर खोप लगाउने आफ्नो पालोको प्रतीक्षामा रहेका अन्य व्यक्तिहरूलाई सुरक्षित राख्न मद्दत गर्न सक्नुहुन्छ। खोपहरूले कोभिड-19 विरुद्ध 100% प्रतिरक्षण प्रदान गर्दैनन्, तसर्थ तपाईंलाई संक्रमण लाग्ने वा तपाईंले अरूलाई संक्रमित गर्न सक्ने अलिकति सम्भावना फेरि पनि रहन्छ। 

यदि मलाई कोभिड-19 भइसकेको भएतापनि के मैले खोप लगाउनु जरुरी छ?

कोभिड-19 संक्रमणबाट प्राकृतिक प्रतिरक्षण कति लामो समयसम्म रहन्छ भने विषयमा जानकारी छैन। कोभिड-19 बाट हुने गम्भीर स्वास्थ्य जोखिमहरूका कारण तपाईंलाई कोभिड-19 भएपछि स्वास्थ्यलाभ गरिसक्नु भएको भएतापनि खोप लगाउने सल्लाह दिइन्छ।

के मैले कोभिड-19 खोपका दुष्प्रभावहरू भोग्नु पर्नेछ?

थोरै दुष्प्रभावहरू हुनु तपाईंको शरीरमा खोपले असर गर्दैछ र कोभिड-19 विरुद्ध प्रतिरक्षण विकसित हुँदैछ भन्ने सङ्केत हुन्। दुष्प्रभावहरू सामान्य रुघा वा फ्लूका लक्षणहरू जस्ता महसुस हुन सक्दछन्, र तपाईंको दैनिक क्रियाकलापको क्षमतामाथि पनि असर पर्न सक्दछ, तर केही दिनमा आफै निको हुनेछ।

के कोभिड-19 खोपले स्तन जाँच परीक्षणहरूमाथि असर पर्दछ?

काखीमा मासुका ग्रन्थीहरू सुन्निनु कोभिड-19 का ज्ञात दुष्प्रभाव हो जसलाई स्तन जाँच परीक्षणको दौरान स्तन क्यान्सरको रूपमा गलत पहिचान गरिन सक्दछ। तपाईंलाई खोपको पहिलो खुराक लगाइनुअघि नै वा अन्तिम खुराक लगाइएको छः सातापछि म्याम्मोग्राम, अल्ट्रासाउन्ड र एमआरआइ जाँचको समय मिलाउने बारे विचार गर्नुहोस्। यस्तो सिफारिस सम्भव भएमा, र आवश्यक चिकित्सामा अबेर नहुने स्थितिमा मात्रै गरिन्छ। स्तनमा नयाँ ग्रन्थी वा स्तनबाट स्राव, त्वचामा परिवर्तन वा पल्पेबल अडेनोफ्याथी (असमान्य ठूला मासुका ग्रन्थीहरू) जस्ता लक्षण देखा पर्दछन् भने स्तनको जाँचलाई स्थगित नगर्नुहोस्। क्यान्सरको चाँडो पत्ता लगाउने सर्वोत्तम उपायहरूमध्ये एक स्तन जाँच हो। कोभिड-19  खोपको कारण तपाईंले स्तन जाँचमा अबेर गर्नु हुन्छ वा हुँदैन भनी पक्का छैन भने आफ्ना डक्टरसँग सल्लाह गर्नुहोस्।

मैले खोप लगाएँ भने के परिवर्तनहरू हुनेछन्?

खोपको अस्थायी रोग-प्रतिरक्षण कति लामो समयसम्म प्रभावकारी हुन्छ भन्ने जानकारी हामीलाई छैन। तपाईंलाई खोप लगाइएको छ भने पनि, तपाईंलाई कोभिड-19 ले बिरामी पार्न सक्दछ र जटिलताका उच्च जोखिम हुने अन्यहरूलाई तपाईंले सार्न सक्ने सम्भावना हुन्छ। तपाईंले मास्क लगाउन, सामाजिक दुरी कायम राख्न अनि कोभिड-19 का लागि अन्य रोकथाममूलक उपायहरूको अनुगमन गर्न जारी राख्नु पर्दछ।